कैलालीको घोडाघोडीमा दुई दिदीबहिनी मृत अवस्थामा फेला

धनगढी । कैलालीको घोडाघोडीमा दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । घोडाघोडी नगरपालिका-१० का  कलेशु चौधरीकी दुई छाेरी घरमै मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार घरकाे माथिल्लो तलाकाे धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान उनीहरु दुवै जना मृत भेटिएका हुन् । मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी रहेका छन्।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता लागेकाे छैन् । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठाे छाेरी केही वर्षदेखि मुटु राेग र कान्छी छाेरी डिप्रेशनकाे औषध खाइरहेकाे बुझिएको एसपी बिष्टले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.