‘बिसु’ मनाउन भारतबाट घर फर्किने बढे

बैतडी। सुदूरपश्चिमेलिहरुको दोस्रो ठूलो पर्व विसु मनाउन भारतबाट घर फर्किनेहरु बढ्न थालेका छन् । रोजगारीको लागि भारत गएकाहरु यतिबेला आफन्तसँग विशु मनाउनको लागि धमाधम घर फर्किरहेको झुलाघाट प्रहरी चौकीले जनाएको छ ।

बैतडीसहित सुदूरपश्चिममा नयाँ बर्षलाई बिसु पर्वका रुपमा धुमधाम संग मनाउने गरिन्छ । एक हप्तादेखि झुलाघाट नाकाबाट दैनिक अढइसय नागरिकहरु घर फर्किरहेको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक रुद्र सिंह धामीले जानकारी दिए । बैतडीसहित बझाङ, डडेल्धुरा, अछाम र बाजुरालगायतका मानिसहरु झुलाघाट नाकाबाट भित्रिने गरेको उनले बताए ।

रोजगारी संगै अध्ययन तथा अन्य कामले बाहिर रहेकाहरु नयाँ बर्ष अर्थात बिसु पर्व मनाउन घर फर्किरहेका छन् । सुदूरपश्चिममा विशु पर्व विशेष महत्वका साथ मनाइने गरिएको छ। हरेक वर्ष बिसु पर्वमा मीठा(मीठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ।

बिसु पर्वको दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.