धनगढी। धनगढी रिंगरोडमा रहेको फीस रिसोर्टले ग्राहकहरुको मनोरन्जनात्मक क्रियाकलापमा बढ्नोति गर्दै एकपछि अर्को सुबिधा सेवा विस्तार गरिरहेको छ । यहि क्रममा उसले सुदुरपश्चिममै पहिलो वाटर साइकल सेवा सञ्चालन गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरामा रहेको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा सुदुरपश्चिममै पहिलो वाटर साइकलिङ सेवा शुरु भएको हो । रिसोर्टका म्यानेजर राम थापाका अनुसार सिंगल वाटर साइकलिङको ३ सय र जोडी वाटर साइकलिङको ५ सय रुपयाँ शुल्क राखिएको छ । यसका साथै रिसोर्टमा बोटिङ, तालमाथी जिपलाइन्, वाटर वल लगायत मनोरन्जनका लागी थुप्रै सेवाहरु रहेको थापाले बताए । बच्चादेखी बृद्धसम्मलाई एउटै ठाउँमा मनोरन्जन दिने आयामका रुपमा रिपोर्ट सञ्चालन गरिएको उनले बताए ।
बोटिङको प्रतिब्यक्ती १ सय, जिप लाइनको २ सय र वाटर बलको ३ सय रुपयाँ शुल्क रहेको उनले बताए । वाटर साइकलिङको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् । जोशीले साइकलिङ गर्दै उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै जोशीले वाटर साइकलिङले धनगढीमा आन्तरिक संगै बाह्य पर्यटक तान्न महत्वपुर्ण भुमिका खेल्ने बताए । यस संगै पर्यटकको रोजाइमा पर्ने थप सेवाहरु समेत बिस्तार गर्न उनले सुझाव दिए ।
सुदुरपश्चिममा अन्य कतै नभएको सेवा न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले दिइरहेको सञ्चालक करिना अन्सारीले बताइन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी थुप्रै सेवा छन् उनले भनिन् “वातावरणका हिसाबले स्वच्छ, सफा ठाउँ भएकालेपनि पर्यटकहरुको रोजाई एडभेन्चर फिस रिसोर्ट एण्ड पार्क पर्ने छ, पर्यटकहरुले खोजेको सेवा हामीले ल्याएका छौँ, यसबाट धनगढीको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा छ ।”
हामीसंग मनोरन्जनका लागी मात्रै पार्क नभएर पारिवारिक वातावरण भएको रेस्टुरेन्टपनि छ उनले भनिन् “घुम्नका लागी मात्रै नभएर कुनै कार्यक्रम तथा पारिवारिक भेटघाटका लागीपनि उपर्युक्त ठाउँ भएका कारण सबैको रोजाईमा यो पार्क पर्ने छ ।”