सुदूरपश्चिममा माओवादीले गठबन्धनकाे नयाँ सरकार बनाउने

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ समीकरणअनुसार सरकार गठन गर्न पहल गर्ने निर्णय गरेकाे छ ।आइतबार  संसदीय दलका नेता मानबहादुर धामीकाे अध्यक्षतामा बसेकाे संसदीय दलकाे बैठकले नयाँ समीकरण अनुसार सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेकाे हाे ।

दलका नेता धामीले संघमा बनेकाे नयाँ समीकरण अनुसार सुदूरपश्चिममा सरकार निर्माण गर्ने निर्णय गरेकाे जानकारी दिए । गत फागुन २१ मा संघमा एमाले-माओवादीसहितकाे गठबन्धन बनेपछि २३ फागुनमा माओवादीले कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियोे । त्यही अनुसार यही चैत २२ गतेभित्र मुख्यमन्त्री शाहले विश्वासको मत लिइसक्नु पर्ने समयसीमा छ।

मुख्यमन्त्री शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएको सचिवालयले जनाएकोमा अहिलेसम्म बिश्वास मत पाउने आधार बनिसकेको छैन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.