धनगढीमा किराना पसलभित्र जुवातास खेलिरहेका ८ जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारी स्थित सोही ठाँउ बस्ने २७ वर्षीय ओमप्रकाश कठायतले संचालन गरेको दकाजी किराना पसलभित्र जुवातास खेलिरहेको अवस्थामा पसल संचालकसहित आठ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद ३० हजार ५७५ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.