Dashain Suvakamana

५० वर्षमा एसइई दिँदै वडाध्यक्ष

Ajai

धनगढी । जनप्रतिनिधिको रुपमा दिनरात खटिने  वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका छन। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शेष २०८० सालको परीक्षामा सहभागी भएका हुन्।

स्थानीय ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी भएका छन। एसइईमा राम्रो तयारीका लागि उनले वडामा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

शेषले भने, ‘पहिले अभिभावकले धार्मिक शिक्षा पढाउनुभयो, अहिले मलाई औपचारिक शिक्षा पढ्न मन लाग्यो, एसइई राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर छ।’ 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.