वैशाख १५देखि धनगढीमा ‘लालसलाम कप’ भलिवल प्रतियोगिता हुने

धनगढी । कैलालीको धनगढीमा वैशाख १५ देखि फस्ट लालसलाम कप–२०८१ प्रतियोगिता हुने भएको छ । अखिल (क्रान्तिकारी) कैलाली जिल्ला समितिको आयोजनामा क्याम्पस स्तरीय पुरुष भलिवल हुन लागेको हो।

आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी प्रतियोगितामा प्रदेशभरीका ३० टिमको सहभागिता रहने जानकारी दिएको छ ।अनेरास्ववियु(क्रान्तिकारी) कैलालीका अध्यक्ष शिवराज सञ्ज्यालले प्रतियोगितामा प्रथम टिमलाई रु. १ लाख २५ हजार, द्धितीयलाई ८१ हजार र तृतीयलाई ५१ हजार एवं ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए।

खेल भलिवल संघको नियम अनुसार खेलाइने, टिम दर्ता गर्दा खेलाडीको नाम अनिवार्य दिनुपर्ने, ९ जना खेलाडीलगायत १ जना प्रशिक्षक र एक जना व्यवस्थापक गरि ११ जना हुनुपर्ने तथा खेलाडी सम्बन्धित क्याम्पसमा अध्ययनरत रहेको प्रमाण पत्र पेश गर्नुपर्ने आयोजकले जनाएको छ ।

टिम दर्ता समय आगामी बैशाख १ गतेदेखि १४ गतेसम्म रहने तथा दर्ता शुल्क रु.७ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता आगामी बैशाख २२ गतेसम्म धनगढी रंगशालामा हुने जनाइएको छ। प्रतियोगिता संचालनमा कुनै निकायको सहयोग नरहेकाले प्रायोजक खोजिने अध्यक्ष सञ्ज्यालले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.