Dashain Suvakamana

सुदूरपश्चिमका ५५ हजार १० परीक्षार्थी एसइईमा सहभागि हुँदै

Ajai

धनगढी । बिहिबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सुदूरपश्चिमका ५५ हजार १० परीक्षार्थी सहभागि हुँदैछन्। शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्णबहादुर बोहराले एसइईको लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुगाइसकिएको बताए।

सुदूरपश्चिमका नौवटै जिल्लाबाट परीक्षा दिन नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फ गरेर २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० विद्यार्थी एसइईमा सहभागी हुने भएका छन्। साधारण (नियमिततर्फ) छात्र २५ हजार ८८, छात्रा २५ हजार सात सय २६ गरेर ५० हजार आठ सय २४, ग्रेडवृद्धितर्फ छात्र एक हजार १७, छात्रा एक हजार तीन सय २६ गरेर दुई हजार तीन सय ४३, प्राविधिक धारतर्फ नियमिततर्फ छात्र एक हजार एक सय ३९, छात्रा सात सय चार गरेर एक हजार ८ सय ३३ छन्।

यस्तै, सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायत काम सकिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.