बलात्कार मुद्दा मिलाउने वडाध्यक्ष,कर्मचारी र शिक्षक पक्राउ

बैतडी । बैतडीको सिगास गाउँपालिकामा ४ वर्ष पहिले बलात्कार मुद्दा मिलोमतोमा मुछिएका तीनजना सोमबार पक्राउ परेका छन् । सिगास गाउँपालिका-३ वडाअध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामी पक्राउ परेका हुन् ।

२०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। त्यसपछि स्थानीयहरूले थाहा पाएपछि हालका वडा अध्यक्ष अमर सिंह धामी, शिक्षक मनोज सिंह धामी, कर्मचारी राजेन्द्र सिंह धामीलगायतका स्थानीयले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए। मिलोमतोमा संलग्न अर्का गोपाल सिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन्। 

आरोपित दिपकले बलात्कृत भएकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए । सोही तमसुकको फट्के किनारा साँची बसेका तीनजना सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सोमबार पक्राउ परेका तीनैजनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको हो। त्यसमध्ये वडा अध्यक्ष अमर र शिक्षक मनोजले २७ दिन अनुसन्धानका क्रममा नै कारागार बसेका थिए । उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ।

यसैगरी यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नु पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेम बिक्रम केसीले जानकारी दिए । तीनैजनाले १० हजार जरिवना पनि तिर्नुपर्नेछ। तर, बलत्कारमा संलग्न दिपक सिंह धामी भने अझै फरार छन्। स्थानीयका अनुसार तमसुक बनाएदेखि नै उनी फरार छन् । प्रहरीले  मुख्य अरोपित दिपकलाई पक्राउ गर्न सकेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.