धनगढी। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी छन्। ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको नगरप्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
उनले छोरीको खोजीमा आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन सबैमा अपिल आग्रह गरेका छन्। मेयरकी छोरी आरती ओशो साधक थिइन्।