
धनगढी। बलात्कारको झुटो आरोप लगाउने जाहेरी वाली महिलालाई कैद र जरिवानाको फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको इजलासले प्रतिवादी विरुद्ध बलात्कारको झुटो आरोप लगाउने २५ बर्षीया महिलालाई दुई महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो।
उक्त महिलाले खिजीदेम्बा गाउँपालिका–३ चण्डेश्वरीका २३ वर्षीय फुरी शेर्पाले आफूलाई २०८० असोज १९ गते जबरजस्ती करणी गरेको भन्ने आरोप सहित गत असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
अदालतमा भएको बकपत्रमा शेर्पा विरुद्ध बलात्कारको आरोप लगाउने जाहेरीवालीले आफूले झुटो आरोप लगाएको भनेर बयान दिएपछि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ को उपदफा २ को खण्ड ‘क’ बमोजिम दुई महिना कैद सजाय र पाँच हजार जरिवाना भएको ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी रिजालले जानकारी दिए।
