धनगढी । ‘परिवर्तन होइजाऊ जीबनमा’ होलि गीत गाउदै कैलालीमा अपाङ्गता भएका व्यक्तिहरुले एक-आपसमा होलीको रंग साँटेका छन्। राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिमको अगुवाइमा फाल्गुन शुक्ल पुर्णिमाको अवसरमा आयोजित रङहरुको पर्व होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले रङ्ग साँटेका हुन् ।
सबैधानिक अधिकार पनि सरकार र सरोकारवालाले कार्यान्वयन नगर्दा सधै उपेक्षमा रहेका उनीहरुले थोरै आश र धेरै विश्वासकासाथ सम्बद्ध सबैसँग परिवर्तनको अपेक्षा गरेका हुन्।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख हरी प्रसाद ज्ञवाली प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिराष्ट्रिय अपांग महासंघका पुर्वकेन्द्रीय सदस्य रुपा राई, राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिम प्रदेशका पुर्वअध्यक्ष भिमबहादुर शाह, नेपाल अपाङ्ग संघका केन्द्रिय सदस्य रामचन्द्र जोशी, जिल्ला सभापति दिपेन्द्र सिह लगायतको महत्त्वपूर्ण उपस्थिति रहेको अध्यक्ष मान बहादुर साउदले जानकारी दिए।
महासंघका प्रदेश सचिब नरदीप धामीका अनुसार कार्यक्रममा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएका खडकराम वड र कोपिला आचार्यलाई अविर र खादा लगाई प्रदेश महासंघले बधाई ज्ञापन गरेको छ । पछिल्लो समय प्रदेश महासंघले शिक्षक सेवा आयोग होस या निजामती सेवामा प्रवेश गरेका नव प्रवेशिहरुलाई अझै हौसला र उत्प्रेरित गर्ने र मनोवल उच्च बनाउने उदेश्यले बधाई ज्ञापन गर्दै आएको छ।