धनगढी। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता रहेको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्।
यसैकालागि आफूहरुले राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाई रहेको उनको भनाई थियो । पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए। ‘थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए।’
अधिकार र पहिचान पाएनौँ। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,’ उनले भने, ‘यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।’