Dashain Suvakamana

आगो निभाउदा दुई जनाको मृत्यु, करोडौंको क्षति

Ajai

धनगढी । यस वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुकेका कारण आगलागीको जोखिम उच्च रहेको छ । चैत सुरु भएयता देशका विभिन्न जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी बढेको छ । बागमती प्रदेशमा चार हजार हेक्टर वनमा डढेलो लागेको छ । बागमती प्रदेशको वन निर्देशनालय हेटौँडाले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशभित्रका करिब चार हजार हेक्टर वनमा डढेलो लागेको छ । सबैभन्दा बढी रसुवामा करिब तीन हजार हेक्टर वनमा डढेलोले क्षति पु-याएको छ । निर्देशनालयका सूचना अधिकारी गोविन्द अर्यालले डढेलो निभाउने  क्रममा यस प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।

उनका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित जनजागृति महिला सामुदायिक वन क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा भिरबाट लडेर धनबहादुर थापाको मृत्यु भएको हो । त्यस्तै रामेछापको खाडादेवी गाउँपालिका–७ मा रहेको भगवती सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका कर्णबहादुर मगरको उपचार गर्दा गर्दै दुई दिनपछि मृत्यु भएको थियो । 

हालसम्ममा डढेलोबाट एक करोड रुपियाँभन्दा बढीको भौतिक सम्पत्तिको क्षति भएको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.