दार्चुला। दार्चुलामा बाघले एक किसानका १५ बाख्रा मारेको छ। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर-४ सिप्टी मल्लाकपडेका बिरेन्द्र ठगुन्नाको १५ बाख्रा बाघले गोठमै पसेर मारेको हो।
पछिल्लो समय नौगाड आसपास बाघले उपद्र मच्चाउने गरेको स्थानीयले बताएका छन्। त्यहाका स्थानीयका अनुसार बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको छ।