पोखरा नेपालको ‘पर्यटकीय राजधानी’ घोषणा

धनगढी। कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

प्रधानमन्त्री दाहालले रिमोटको माध्यमबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका थिए। पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको निर्णय अनुसार पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको हो।

यसअघि कास्कीको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा बजारमा मुख्य क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.