Dashain Suvakamana

रङ्गहरूको पर्व होली आजदेखि सुरु

Ajai

धनगढी । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ । यसै अबसरमा  काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएको छ ।

रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा सथानीय र विदेशी पर्यटकहरू समेत जम्मा भएको थिए। पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

यता, सुदूरपश्चिममा भने आजदेखि  फागुको महिमासहित धार्मिक जीवनदानका  ऐतिहासिक विषय बस्तुमा गएर होली खेलिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.