धनगढी। कैलालीमा फेरी गुड्दै गरेको ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। यसअघि कर्णाली पुलमा पनि गुडिरहेको ट्रकमा आगलागी भएपछी पुल नै बन्द रहेको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर, औषधि र खुर्सानी जलेको छ। अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। आगो नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण आएको छैन्।
प्रहरीका अनुसार झण्डै १० प्रतिशत लाइटर, औषधि र खुर्सानी जलेको छ। साथै आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ।