बाबुराम फेरी एक्लिए : माओवादी र नेसपाबीच एकता

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ । पार्टीका अध्यक्ष महेन्द्र राय यादवले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेसँगै नेसपा फुटेको हो । यादवले सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहित माओवादीसँग एकता गर्ने गरि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने, एकीकरण पछि पार्टीको नाम महाधिवेशन पछि टुंगो लगाउने र पार्टी एकताको प्रक्रिया टुंगाउन माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाको तर्फबाट सहध्यक्ष गंगा श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेको कार्यदल समेत बनाएका छन् ।

योसँगै डा. बाबुराम भट्टराई फेरी एक पटक एक्लिएका छन् । उनलाई छोडेर नेपाल समाजवादी पार्टीको ठुलो समुह माओवादीमा मिलेको छ । गत निर्वाचनमा नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेको थियो । प्रचण्डसँग पछिल्लो समय असमझदारी बढेपछि डा. बाबुराम भट्टराईले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका पार्टीका सांसदलाई आफ्नो पार्टीका कायम गर्न निवेदन दिएपनि आयोगले अस्वीकार गरेको थियो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.