एमाले कञ्चनपुरको नेतृत्वका लागि चार आकांक्षी

धनगढी । चैत १ गते पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेको एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ। अधिवेशन बन्दसत्रमा प्रवेशसँगै नयाँ नेतृत्वको प्रक्रिया सुरु भएको छ।

एमाले कञ्चनपुरको नेतृत्व (अध्यक्ष)का लागि चार नेता आकांक्षी देखिएका छन्। अहिले एमाले कञ्चनपुरमा दुई गुटका चार नेता नेतृत्वको आकांक्षी देखिएको एमाले नेताहरूले बताएका छन्।

कञ्चनपुरमा नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी छ।एमाले कञ्चनपुर नेतृत्वका लागि पोलिटब्युरो सदस्यद्वय राजेन्द्रसिंह रावल र निरुदेवी पालनिकट नेताहरू अलग-अलग देखिएका छन्।

रावल समूहबाट अशोककुमार चन्द र हिरा चन्द (डायमण्ड) देखिएका छन् भने पाल समूहबाट पल्लवराज भट्ट र लक्ष्मी बुढा देखिएका छन्। एमाले जिल्ला कमिटीसहित चार सय ६४ जिल्ला प्रतिनिधिले पार्टीको नेतृत्व पदाधिकारी सदस्य छनोट गर्न पाउनेछन्। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.