विकासले अब गति लिन्छ : एमाले अध्यक्ष ओली

महेन्द्रनगर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसहित समग्र देशको विकासले अब गति लिने बताएका छन्। कञ्चनपुर एमालेको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

हाम्रो नीतिअनुसार हामी सुदूरपश्चिमलगायत देशको विकासलाई अगाडि बढाउँछौँ’ उनले भने, ‘यसअघि प्रधानमन्त्री हुँदा सुरु गरेका सुदूरपश्चिमका सबै कामहरूले अब निरन्तरता पाउँछन् ।’ उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताए ।सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा उनको जोड थियो।

राष्ट्रियता कमजोर भएपछि लामो छलफलबाट फागुन २१ गते राजनीतिक समीकरण फेरिएको अध्यक्ष बताउदै अहिलेको समीकरण कच्चा नहुने उनले बताए। चीनले सरकार बनायो भन्ने भ्रम छरेर नेपालीको अपमान नगर्न उनले आग्रह गरे।

‘यो समीकरण हामीले बनाएका हौँ । अरू कसैको इच्छा, आकाङ्क्षाको बलले होइन’ उनले भने, ‘चीन आएर बनाइदियो भनेर हाम्रो अपमान गर्ने काम भइरहेको छ ।’ 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.