राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदै, गठबन्धनका दाहालको विजयी निश्चित

काठमाडौ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ । अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्मा र सत्ता गठबन्धन पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूले अपिल गरेका छन् । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए’, बैठकबारे सञ्चारकर्मीलाई माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने ।

उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको दाबी गरे । ‘यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको हो । विशेष त अहिलेको मुख्य कार्यभार सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्‍याउने कार्यभार हुन्’, उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यसले त्यति धेरै तीव्रता लिन सकेन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.