शाह सरकार छोडन नागरिक उन्मुक्तिका अध्यक्षको निर्देशन

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छिन। पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराती सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन ।

उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको बताईन । ‘हामी नयाँ बनेको गठबन्धनमै छौं । विहीबारको सदनमा पनि हामी सत्ता पक्षमा बसेका छौं, यो भनेको सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई समर्थन गर्नु हो’ उनले भनिन । सल्लाह नै नगरेर सरकारमा गएका भन्दै पार्टी अध्यक्ष रञ्जीताले भनिन, ‘नागरिक उन्मुक्ति पार्टी विधि विधानबाट चलेको पार्टी हो । दलको ह्विप नमान्नेलाई के हुन्छ, त्यो पछि हुदै गर्छ ।’ 

नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य मध्ये शुक्रबारको सरकार विस्तार पछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन । शुक्रबार मध्य राती मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जीताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुक्तिका रामेश्वर चौधरी सहित अहिले ४ जना सरकारमा गएका छन ।

योसंगै अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीता बीच सरकारमा जाने वा नजाने बारे विवाद देखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.