सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, घनश्याम आर्थिक मामिलामन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी,  एकीकृत समाजवादीले सरकार छाडेपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री र खुसीराम चौधरी विना विभागीय मन्त्री बनेका छन् । नउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाइएको छ भने इन्दिरा गिरीलाइ राज्यमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार राति नै प्रदेश प्रमुखसमक्ष सपथ लिएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । सरकार अल्पमतमा परेपछि शाहले नाउपासँगै राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थालेका छन् ।

उनले राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद तारा जोशीलाई मन्त्री बनाउन खोजेका थिए । विष्टले अस्वीकार गरेपछि बिहीबार मन्त्रिपरिषद् विस्तार हुन सकेन । नाउपाको मन्त्रीहरु थपेपछि दुबैलाई समेट्ने र बहुमत (२७ मत) पुर्याउन सकिने कांग्रेसको दाबी छ । ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सांसद छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.