Dashain Suvakamana

आज शिवरात्री: देशभरका शिवालयमा भक्तजनको भिड

Ajai

आज शिवरात्री मूलतः महाशिवरात्रि अर्थात् फाल्गुन कृष्णचतुर्दशी साक्षात् शिवजी निराकारबाट साकार रूपमा प्रकट भएको दिन हो। अपितु शंकर भगवान् विशालकार्य अग्निलिंगमा प्रकट हुनुभएको दिनका रूपमा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक मनाइन्छ। भगवदुत्पत्तिसँगै यो सृष्टिको पनि आरम्भ भएको हो।

यसरी शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनुभएको आजको दिनलाई शिवरात्री पर्वका रूपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ। सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुन। यहि मान्यताअनुसार आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।

महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । 

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ । 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.