नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ। एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ बैठकमा सहभागि एक नेताले भने। यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने निर्णय गरेको उनले बताए ।