नयाँ गठबन्धन सहमति : राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, टिआरसी सहमतिमा टुङ्ग्याउने

काठमाडौं। आज बनेको चार दलीय सत्ता गठबन्धनको बीचमा आठ बुँदे सहमति भएको छ। सहमतिअनुसार सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। त्यस्तै, रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार र उपाध्यक्षमा एमालेका उमेदवार समर्थन गर्ने सहमति भएको छ।

सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने भएको छ। बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ। नयाँ सरकार गठन प्रक्रियामा अन्य दलहरूबीच सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ। यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको छ।

माओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले संयुक्त हस्ताक्षर गरेको सहमति पत्रमा संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुनहरू बनाउने, साझा न्यूनतम् कार्यक्रम तयार गर्ने लगायतका विषयमा सहमति भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.