धनगढी । नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ। कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्।
यहाँ नागरिक उन्मुक्ति निर्णायक हुने छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धनप्रति आफू सकारात्मक भएको भन्दै गठबन्धनमा सहभागी भए सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुहरुको बटम लाईन हुने उनले बताएका छन् ।
अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको छ। फेरिएको समीकरणमा भने माओवादीका संसदीय दलका नेता मानबहादुर धामी नयाँ मुख्यमन्त्री बन्ने चर्चा पनि चल्न थालेको छ।
पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाटलगातार दोस्रोपटक निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको नेता बनेका थिए।