अछामको बैजनाथ कोटिहोममा आगलागी, श्रदालुको भागाभाग

धनगढी। अछामको वैद्यनाथ धाममा आगलागी भएको छ। आज (शनिबार) वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञको हवनकुण्डमा आगलागी भएको हो। आगलागि भएपछि कुण्डमा रहेका पुजारी तथा श्रदालुको भागाभाग भएको प्रत्यक्षादर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर कुण्डमा आगलागी भई जलेर खरानी भएको बताए। उनका अनुसार अन्य क्षती भएको छैन।

अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ। १ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो। फागुन १० गतेदेखि सुरु भएको कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ। सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.