पाँच करोडको भुक्तानी नपाएपछि सुदूरपश्चिमका किसानले दुध पोखे सडकमा

धनगढी। दुध बेचेको पैसा असोजदेखिको नपाएपछि सुदूरपश्चिमका दुग्ध उत्पादन गर्ने किसानले सडकमा दुध पोखेर बिरोध गरेमा छ। दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड बढीको भुक्तानी नपाएका हुन्।

किसानहरूले लामो समयसम्म दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै बिहिवार कैलालीको अत्तरियामा प्रदर्शन गरिएको छ।अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा आएका किसानहरूले आफूहरूले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्। उनीहरूले उत्पादित दूध सबै बिक्री नहुने र थोरै बिक्री भएको दूधको समेत स मयमा दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए। दुग्ध विकास संस्थानले दूध खरिद गर्ने सम्झौता गरेर उत्पादित सबै दूध नकिन्ने र किनेको दूधकी पनि भुक्तानी नपाउँदा मर्कामा परेको गुनासो गोदावरीका किसान मोहनराज जोशीले बताए।

‘दुग्ध विकास संस्थानको कारण दूध बिक्री हुन छोडेको छ। एक लाखमा खरिद गरेको भैँसी ५० हजारमा बिक्री गर्न खोज्दा पनि बिक्री नहुने समस्या छ,’ उनले भने, ‘दुग्ध विकास संस्थानले दूधको मूल्य पनि कम दिन्छ भने भुक्तानी पनि ६ महिनादेखि दिएको छैन।’

 संस्थानले उत्पादित सबै दूध नकिन्ने एउटा समस्या छ भने रकम भुक्तानी नदिने अर्को समस्या छ, महासङ्घले बिहिवार अत्तरियामा दूध पोखेर विरोध प्रदर्शन गरेको हो।दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले विगतमा किसानलाई महिनामा दुई पटक दूधको भुक्तानी दिने गरेको भए पनि असोज १६ बाट बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नभएकाले किसानलाई भुक्तानी दिन नसकेको बताए। उनले हिउँदमा खपत घटेका कारण भुक्तानी दिन समस्या भएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.