माओवादी केन्द्रले फेर्‍यो प्रदेश इन्जार्ज, सुदूरपश्चिममा गिरिराजमणि

धनगढी। नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरू फेरिएका छन्। आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो।

बैठकको निर्णयअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बाग्मतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ।यसैगरी पार्टीले विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय समितिको जिम्मेवारी देव गुरुङलाई  दिइएको छ।

प्रवासअन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीले जिम्मेवारी पाएका छन्। कार्यविभाजन मंगलवार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधवार पनि बैठक बस्ने पार्टीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.