Dashain Suvakamana

मन्त्री साउँदले गरे दादुरा-रुबेला विरुद्धको खोप लगाउन आग्रह

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले आफ्ना बालवालिकालाई दादुररुबेला बिरुद्धको खोप लगाउन आग्रह गरेका छन् । आईतबार धनगढीमा खोप अभियानको उद्घाटन गर्दै मन्त्री साउँदले सम्पूण अभिभावकलाई यस्तो आग्रह गरेका हुन् ।

खोप निःशुल्क र सुरक्षित भएकाले आ-आफ्ना वालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन मन्त्री झपटबहादुर साउँदले सरोकारवाला सबैलाई आग्रह गरे । May be an image of 6 people, dais, temple and textसुदूरपश्चिममा करिब पाँच लाख २३ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने लक्ष्य लिइएको छ।  खोप लगाउन १३ फागुन (आज) देखि ७ चैतसम्म प्रदेशभरि खोप अभियान सञ्चालन गरिएको छ।

नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख नौ हजार सात सय ५५ र पाँच महिनादेखि १५ वर्षसम्मका तीन लाख १४ हजार ८४ गरी पाँच लाख २३ हजार आठ सय ३९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले जानकारी दिएका छन्।

दादुरा–रुबेलाको उच्च जोखिममा रहेका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पाँच वर्षदेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइने उनले बताए। सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा भने नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख नौ हजार सात सय ५५ बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको छ।

खोप अभियानलाई प्रभावकारी बनाउन आठ हजार तीन सय ४० जना स्वयंसेवक परिचालन गरिएको छ। एक जिल्लामा कम्तीमा १५ दिन अभियान सञ्चालन हुने निर्देशक डा. जोशीले बताएका छन्। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले कैलालीमा नौ सय ६४ वटा खोप केन्द्रबाट दादुरा–खोप लगाइने जानकारी दिए। कैलालीमा आजबाट सुरु हुने यो अभियानका क्रममा जिल्लाभरि दुई सय ९२ जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए।

३ मंसिर ०७९ देखि १५ पुस ०८० सम्ममा सुदूरपश्चिममा एक सय १२ जनामा दादुरा रोग देखिएको निर्देशनालयको तथ्यांक छ। कैलालीमा ५६ जना, कञ्चनपुरमा ३८ र बाजुरामा १८ जनामा संक्रमण देखापरेको निर्देशक जोशीले जानकारी दिए। फेला परेका संक्रमितमध्ये करिब ७५ प्रतिशत बालबालिका रहेको बताइएको छ।

भारतसँग सिमाना जोडिएका कैलाली, कञ्चनपुरमा आयातित ‘केस’ हुने भएकाले उच्च जोखिममा रहेको मानिन्छ। दादुरा–रुबेला रोगबाट बच्नका लागि बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.