
धनगढी । राष्ट्रिय अपाङ्ग महासंध नेपाल, सुदूरपश्चिम प्रदेशको बार्षिक समिक्षा सम्पन्न भएको छ । गत सन् २०२३ मा आयोजित रोजगार मेला (मिनी महोत्सव), सधारणसभा र अपाङ्गता भएका ब्यक्तिको हकअधिकार तथा प्रदेश सरकारको नीति तथा बजेट बिरुद्ध गरिएको लामो आन्दोलनमा भएको खर्च र उपलब्धिबारे छलफल भएको थियो ।
अपाङ्गता भएका ब्यक्ति मिलेर अपाङ्गताकै क्षेत्रमा काम गरिरहेका कैलाली कञ्चनपुरका संघ संस्थाहरुका प्रमुख तथा अधिकारकर्मिहरु सहभागि उक्त कार्यक्रममा काम गर्ने दौरानमा विगतमा भएका कमी कमजोरीलाई आत्मसाथ गर्दै थप सुदृढ पारेर लैजाने निर्णय भएको र अध्यक्ष, कोषाध्यक्ष लगायत प्रदेश समिति बोर्डले तयार पारेको खर्च विवरण एकसाथ पास भएको प्रदेश सचिब नरदीप धामीले जानकारी दिए । उक्त अर्थिक प्रतिबेदन महासंघ लेखापाल उर्मिला जोशीले प्रस्तुत गरेका थिए ।
यसअधि समावेशी विकासप्रति स्थानीय र प्रदेश सरकारको जफाबदेहिता, स्थानीय नीति बजेट तथा कार्यक्रममा अपाङ्गताको अनिवार्य अर्थपूर्ण सहभागिता बारेमा पैरबी गरिएको थियो । पैरबी कार्यक्रमलाई सुदूरपश्चिम विश्वविधालयका प्रध्यापक डा. यज्ञराज पाण्डेय र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अधिकृत गणेश जोशीले सहजिकरण गरेका थिए ।
दुई चरणमा छलफल भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघक निबर्तमान केन्द्रीय सदस्य रुपा राई, पुर्व अध्यक्ष भीम शाह, नि वर्तमान अध्यक्ष उपेन्द्र खडायत, अपाङ्गता अधिकारकर्मी अर्जुन रावल, बलराम पन्त, रामचन्द्र जोशी ,मुकेश धामी, अनिल मल्ल, पुष्पा रोकाया, दुर्गा चौधरी, रश्मि गुरुङ, नरेन्द्र जैशी, हरि भट्ट , हिमाल रोकाया ,नयाराम टमटा, भीम कुश्मी, कैलाली कञ्चनपुरका विभिन्न पालिकाबाट महत्त्वपूर्ण छलफल गरेको र सौहार्द बाताबरणमा कार्यक्रम समापन भएको अध्यक्ष मान बहादुर साउदले बताए।
