कैलालीमा फागुन १३ बाट दादुरा रुबेला खोप अभियान चल्ने

धनगढी। कैलालीमा यही फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तरगत जिल्लाका १३ वटै स्थानीय तहमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा खोप लगाउन लागिएको हो ।

शुक्रवार स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको पत्रकारसँगको अन्तक्रिया कार्यक्रमा जिल्लामा २ लाख ५८ हजार १ सय ५६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । जिल्लामा ९ सय ६३ वटा खोप सेसन रहने, २ सय ९२ जना स्वास्थ्यकर्मी तथा १ हजार ९ सय २८ जना स्वयंसेवक परिचान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

खोप निःशुल्क र सुरक्षित भएकाले आ-आफ्ना वालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन प्रमुख श्रेष्ठले सरोकारवाला सबैलाई आग्रह गरे । खोप अभियानअन्तर्गत दादुरा-रुवेला खोपकासाथै नियमित खोप लगाउन छुटेका बालवालिकाको पहिचान गरेर खोप लगाइने कार्यालयले जनाएको छ ।

जिल्लामा २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५९ जनामा दादरा-रुवेला रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.