Dashain Suvakamana

अपङ्गताको हकअधिकार स्थापित गर्न नागरिक सञ्जाल गठन

Ajai

धनगढी । अपङ्गता भएका व्यक्तिहरुको हकअधिकार स्थापित गर्न सुदूरपश्चिम प्रदेशस्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । सामाजिक अभियन्ता इन्द्रा दानपालीको संयोजकत्वमा गठीत उक्त नागरिक सञ्जालले सरकार तथा सरोकारवालासँग पैरबी गर्ने बताइएको छ ।

सबै प्रकारका अपा«ड्ढता भएकाको साझा संस्था राष्ट्रिय अपाड्ढ महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदको अध्यक्षतामा शुक्तबार धनगढीमा बसेको सामाजिक क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको बैठकले सो सञ्जाल गठन गरेको हो ।

अपङ्गता भएका नागरिकको संविधानप्रदत्त हकअधिकारको सही कार्यान्वयन गराउन, प्रदेश र स्थानीय सरकारको नीति निर्माण तहसम्म अपाड्ढता भएकाको मुद्दा उठाउन र अपाङ्गतासँगै समाजमा रहेका लक्षित वर्गको सुनिश्चतताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय बहुसरोकार निकायहरुको नागरिक सञ्जाल गठन गरिएको राष्ट्रिय अपाड्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले जानकारी दिए ।

आज गठीत उक्त सञ्जालको सदस्यमा मानबहादुर साउद, रेडक्रसकर्मि शेरसिंह खडका, पिसविनका जुद्ध रावल, महिला अधिकारकर्मी निर्मला विसी, कैलाशो राना, अधिकारकर्मी राजेन्द्र रैका, जयबहादुर धामी, नरदीप धामी र भवानी ऐर रहेका छन् ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.