एमाले कैलालीमा चार प्यानलको उम्मेदवारी, कस्लाई कस्को साथ

धनगढी। नेकपा एमाले कैलालीको नयाँ नेतृत्वका लागि चार जनाको प्यानलसहित उम्मेदवारी परेको छ। कैलालीको सुख्खडमा फागुन ६ र ७ गते नवौं अधिवेशनबाट सहमतिमा नजुट्दा नयाँ नेतृत्व चयन केहीबेर पछि मतदान बाट हुने एमाले कैलालीले जनाएको छ ।

नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको लागि अध्यक्षमा कमल सिंह रानाले उम्मेदवारी घोषणा गरेका छन् ।यसअघि एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, नेता यज्ञ ढुंगानाले अध्यक्षका लागि उम्मेदवारी दिसकेका छन् । निर्बाचन अन्तगत आज दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ।

एमाले कैलालीको नयाँ नेतृत्वका लागि चार जना प्यानलसहित चुनावी मैदानमा छन्। एमाले कैलालीका कार्यवाहक अध्यक्षसमेत रहेको जोशीले उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीसहितको प्यानल तयार पारेका थिए। अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका थिए। अध्यक्षमा राना थपिएका छन्। उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकाङ्क्षा राख्दै इच्छापत्र दर्ता गराएका थिए।

कस्लाई कुन नेताको साथ

एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङमा छन। जोशी केन्द्रीय सचिव भट्टले अघि सारेका नेता हुन्। भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन्।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन्। पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन्।

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्व अध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन्। उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकाङ्क्षी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.