एमालेको मिसन ८४ सफल पार्ने नेतृत्व छान्नुस् : अध्यक्ष ओली

धनगढी। नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा वलीले पार्टीको मिसन ८४ सफल पार्ने नेतृत्व छान्न आग्रह गरेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेतृत्व छनौट गर्दा ख्याल गर्न निर्देशन दिएका हुन्। 

गुटबन्दी, अराजकता, अनुशासनहीनता पार्टी नचल्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने बताए। आफूले भनेको भएन भने अराजक कार्य गर्ने,  विधि विधान तरिका मिचेर पार्टी सङ्गठन बलियो नहुने चर्चा गर्दै अध्यक्ष ओलीले नीति र विधि पालना गर्न निर्देशन दिए ।

उन्ले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिदै भने, “सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जितलाई सहर्ष स्विकारेर जानुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नभन्दा छोड्न राम्रो हो ।”

एमाले कैलाली जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम समापनलगतै सोमबार नयाँ नेतृत्व चयन गरिने छ । जिल्ला अध्यक्षका लागि तीनजना उम्मेदवारको नाम चर्चामा रहेको छ । अध्यक्ष पदका लागि दुर्गादत्त जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले उम्मेदवारी दिने चर्चा रहेको एमाले कैलालीले जनाएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.