बाल्टीकाे पानीमा डुबेर बालिकाकाे मृत्युु

धनगढी । कैलालीमा बाल्टीमा भरेर राखिएको पानीमा डुबेर बालिकाको मृत्युु भएको छ ।टीकापुर नगरपालिका-१ शान्तिनगरमा एक वर्षीया आरोही चौधरीको बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोही नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेकि थिइन् । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो तर उपचारकै  क्रममा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.