Dashain Suvakamana

सशस्त्र प्रहरी सीमा स्तम्भको रङ्गरोगन गर्दै

Ajai

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । प्रहरीले सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो ।

यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताए ।

‘डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौँ’ उनले भने, ‘जोर सङ्ख्याका स्तम्भहरु भारतीय सीमा सुरक्षा बल ९सएसबी० लाई रङ्गरोगनको जिम्मेवारी दिएअनुरुप गरिसकेको छ ।’

उनले नापी विभाग, स्थानीय प्रशासन र एसएसबीको समेत रहोवरमा सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको काम भएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.