
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः१५ देखि शुरू हुँदैछ ।
सिरिजमा यसअघि नामिबियासँग ४ विकेटले स्तब्ध नेपाल आज पहिलो जितको खोजीमा छ। नेदरल्याण्ड्सविरुद्ध जित निकाल्ने हो भने नेपालले राम्रो अलराउन्ड प्रदर्शन गर्नुको विकल्प छैन । आइसिसी एकदिवसीय वरियतामा हाल नेदरल्याण्ड्स १४औँ र नेपाल १५औँ स्थानमा छ ।
एसोसियट क्रिकेटमा नेदरल्याण्ड्सले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएको छ । उसले गत वर्ष भएको आइसिसी एकदिवसीय विश्वकपसमेत खेलेको थियो ।
