Dashain Suvakamana

मोटरसाइकलमाथि बाघले आक्रमण गर्दा चालक घाइते

Ajai

धनगढी। कञ्चनपुरको बेलौरीमा बाघले मोटरसाइकलमाथि आक्रमण गर्दा चालक घाइते भएका छन् भने मोटरसाइकलमा क्षति भएको छ। बेलडाँडी गाउँपालिका-३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्द बाघको आक्रमणबाट सामान्य घाईते भएको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले बताए।

प्रमुख यादवका अनुसार बेलौरी नगरपालिका-८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पुर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा आक्रमण गरेको हो। सो क्षेत्रमा राति आवतजावत गर्दा सतर्कता अपनाउनु हुन उनले अनुरोध गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.