Dashain Suvakamana

दुई करोड नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

Ajai

सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको इनरुवास्थित पूर्व–पश्चिम लोकमार्गमा सेतो रङ्गको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको बताय। पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.