
अछाम। ताप्न बालेको आगोबाट आगलागी हुँदा अछाममा दुई बालबालीकाको जलेर मृत्यु भएको छ।अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ३ ठाटि दार्बाकाे गैरामा बुधबार बेलुका नन्दकला बुढा र जयबहादुर बुढाकाे जाेडिएकाे छानामा आगलागी हुदा १ बालक र १ बालिकाकाे ज्यान गएको हाे ।
मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कीत बुडा र झङ्करे बुढाका नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। खरले छाएको ढुङ्गा र काठको गोठमा आगलागी भएको र उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
