Dashain Suvakamana

राहुल नेपालीको शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने

भर्ना लिन आग्रह

Ajai

धनगढी। एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका र प्रदेश सरकारको आर्थिक छात्रवृत्ति पाएर पनि भर्ना हुन् छुटेका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्र लेखेको छ ।

राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनु पर्ने भनेपछि राहुलले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो।

विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था नभएपछि छात्रवृत्तिमा छनोट उनलाई प्रक्रिया छोट्याएर भएपनि सुदूरपश्चिम सामाजिक विकासमन्त्री झपटबहादुर सउदको सक्रियताले सम्पूर्ण शुल्क तिर्ने भन्दै चिकित्सा शिक्षा आयोगलाई सहजीकरण गरि दिन मन्त्रलयले सोमबार जमानत पत्र लेखेको हो।

अब राहुलले भर्ना पाउने-नपाउने भन्ने यकिन फागुन पहिलो साता हुनेछ । भर्ना भएका विद्यार्थीहरूको सिट खाली हुने अवस्थामा कलेजले भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट) सूची निकाल्दछन् । त्यस अवस्थामा सिट खाली हुन आए आफूले भर्ना पाउने सम्भावना रहने राहुलले बताए । कैलालीको गौरिगंगा नगरपालिका ६ कठौतिया बनबेहडा घर भई हाल भारतको पञ्जाबमा मजदुरी गर्दै आएका रोहित नेपालीका छोरा हुन् राहुल । सानैदेखि पढाइमा मेधावी राहुलले प्लस टुपछि घरमै बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गरेका थिए।

यसअघि सोलोडोलोमा ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिदैआएको सामाजिक विकास मन्त्रालयमा झपट साउद मन्त्री भएपछि यसै बर्षबाट समाबेशी आधारमा कोटा छुट्याइएको हो । अनि राहुलले दलित कोटाबाट छात्रवृत्ति पाउने भएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.