धनगढी । कैलाली गोदावरी नगरपालिकाका तीन वटा नदीमा वातावरणलाई नै प्रभाव पार्ने गरि मापदण्ड विपरीत नदी उत्खनन गरिरहेका १८ गाडीलाई नियन्त्रणमा लिइएको छ।आइतबार जिल्लास्तरीय अनुगमन समितिले १० टिपर, ३/३ वटा टेक्टर, जेसीबी र स्काभेटर नियन्त्रमा लिएको हो ।
गोदावरी नगरपालिकाको खुटीया, खैराना र गोदावरी नदीको ढुंगा गिट्टी बालुवाको नियम विपरीत उत्खनन गरेको पाइएको भन्दै जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुुसालले सो कार्यमा संलग्न १८ सवारी साधन नियन्त्रणमा लिएको बताए । उनका अनुसार ‘मापदण्ड विपरीत नदी उत्खनन गरेको पाइएपछि हामीले नियन्त्रणमा लिएका हौ’, उनले भने- ‘नदीबाटै नियन्त्रणमा लिएका ती साधन स्थानीय प्रशासनको जिम्मा लगाइएको छ।’
यी नदीहरुमा वातावरण प्रभाव मूल्यांकनमा बढीमा एक मिटर गहिरो खन्न सकिने प्रावधान विपरीत ५ मिटर सम्मका ठूला ठूला खाल्टा बनाइएका छन् ।