Dashain Suvakamana

रानी जमरा सिँचाइ आयोजनाबाट विद्युत उत्पादन सुरु

Ajai

धनगढी। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । यहि माघ १६ गते रातिबाट उत्पादन सुरु भई उत्पादित बिधुत लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । 

जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए। रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले ४.७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ ।

२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माण ढिलाइ भएको हो । दुई अर्बको लागतमा विद्युत आयोजना बनेको बताईएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.