
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अछाममा रहेको बयालपाटा अस्पतालको समस्या सधैकालागि अन्त्य गर्ने पहल भइरहेको बताएका छन् । न्याय हेल्थ र प्रदेश सरकारको साझेदारीमा संचालनमा रहेको बयालपाट अस्पतालमा यस आर्थिक वर्ष केहि प्रविधिक कारण जानु पर्ने बजेट नगएकाले जनमानसमा केहि जटिलता जस्तो महसुस भएपनि अस्पतालको समस्या सधैकालागि अन्त्य गर्ने पहल भइरहेको बताएका हुन् ।
सामाजिक संजालमा अस्पतालको सेवा प्रभावित भएकोबारे प्रशारित बिषय बस्तुमा आफ्नो र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सहर्ष जानकारी गराउदै मन्त्री साउदले सुदूर पहाडी जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालको संचालन र व्यवस्थापनमा आएको केही प्राविधिक र कानुनी समस्याका कारण जटिलता देखिएको साँचो भएपनि आफु अस्पतालको समस्या सधैकालागि अन्त्य गर्ने पहलमा रहेको बताउदै यसमा तीनवटै तहका सरकारको जिम्मेवारी बोध गराउन हिजो नै काठमाडौँ पुगेको उल्लेख गरेका छन् ।
मन्त्री साउदले भनेका छन्, ‘अस्पतालको स्तरोन्नति र गुणस्तरीय उपचार सेवा बारेमा सुदुरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद बैठक (क्याबिनेट)मा पटक-पटक कुरा गरिरहेको र अस्पतालको व्यवस्थापकीय टीम, जनप्रतिनिधि र सरोकारवाला निकायहरुसंग पनि बारम्बार छलफल, समन्वय भैरहेको छ।’
प्रदेश भरिका सामुदायिक अस्पताल र बयालपाटा अस्पताललाई स्तोरन्नती सहित जनशक्ति व्यवस्थापनमा सामाजिक विकास मन्त्रालय आवश्यक प्रक्रियाका साथ लागिपरेको समेत स्मरण गराउदै मन्त्री साउदले वयलपाटा अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति गर्ने एमडीजीपी डाक्टर वयलपाटा अस्पतालमा पठाउने प्रक्रिया सुरु भईसकेको बताए।गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिका लागि प्रत्येक नागरिकको समान पहुँच हुनुपर्दछ भन्ने मन्त्रालयको साझा धारणा रहेको स्पस्ट परेका छन्।
