Dashain Suvakamana

लागूऔषध नियन्त्रण गर्न सुदूरपश्चिम सामाजिक मन्त्री साउदको आग्रह

Ajai

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले लागुऔषध नियन्त्रणमा विषेश ध्यान दिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीलाई आग्रह गरेका छन्।  प्रदेश प्रहरी प्रमुख नियुक्त भइ धनगढी आएका केसीलाई बुधबार मन्त्रालयमा स्वागत गर्दै मन्त्री साउदले यस्तो आग्रह गरेका हुन् ।

पछिल्लो समय सुदूरपश्चिमका युवाहरु लागुऔषध तथा दुव्र्यसनको शिकार भएको बताउदै मन्त्री साउदले लागुऔषधको मुख्य कारोवार गर्ने डिलर एजेण्टहरु नियन्त्रणमा नआए लागुऔषध तथा दुव्र्यसनको अवस्था थप भयावह हुने बताए। May be an image of 2 people and the Oval Officeप्रदेश सरकार र मन्त्रालयका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय हो, उनले भने, ‘यसको जरैसम्म नपुगी यो अवस्थाबाट हामी पार पाउँदैनौ।’  त्यसका लागि डिलर र एजेण्टलाई पक्राउ गर्नुपर्छ।

प्रदेश सरकार त्यसका लागि प्रहरीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छ। डिआईजी केसीले निष्ठापूर्वक जिम्मेवारी निर्बाह गर्ने प्रतिबद्धता गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने सवालमा कहिल्यै नचुक्ने बताएको मन्त्रीका स्वकीय सचिब राजेन्द्र साउद जानकारी दिए।

डिआईजी केसीले लागुऔषधका कारोवारलाई जरैबाट उखेल्ने प्रतिबद्धता समेत गरेको उनको भनाई छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.