Dashain Suvakamana

महाकाली करिडोर: डडेल्धुराको परशुरामसम्म ट्रयाक खुल्यो

Ajai

धनगढी । महाकाली कोरिडोर अन्तरगत कन्चनपुरको ब्रहमदेबदेखि डडेल्धुराको परशुराम नगरपालिकासम्मको सडकखण्डको ट्रयाक खुलेको छ । ट्रयाक खुलेपछि पुर्वमन्त्री रमेश लेखक सहित प्रदेश र स्थानीय जनप्रतिनिधिको टोलीले सडकखण्डको स्थलगत निरिक्षण गर्दै  पहिलोपटक परशुराम धाम पुगेको हो ।

पुर्वमन्त्री लेखक सहित टोलीमा सुदूरपश्चिमम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट, सुदुरपश्चिम प्रदेश सभाका सदस्य तथा पुर्ब मन्त्री प्रकाश रावल, ओम बिक्रम भाट, बेल बहादुर राना, कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा, भिमदत्त नगरपालिकाका नगरप्रमुख/उपप्रमुख लगायतको सहभागीता रहेको थियो।

May be an image of 8 people and treeअनुगमनमा सहभागी प्रदेशसभा सदस्य ओम बिक्रम भाट (सरल)ले कञ्चनपुरबाट दार्चुलाको उत्तरीनाका तिङ्कर जोड्ने महाकाली करिडोरका कारण लामो समयपछि कञ्चनपुर–डडेल्धुराको यात्रा  सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत भएको बताए । उनले भने- ‘यसपटक डडेल्धुरा खण्डको ५ किलोमिटर कालोपत्रे गर्ने कार्यक्रम रहेको र अर्कोबर्ष बैतडी सम्म ट्र्याक खोल्ने कार्य अगाडि बढ्ने छ।’

ब्रह्मदेवबाट दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्मको चार सय १३ किलोमिटर सडक १३ वर्षदेखि निर्माणाधीन छ। करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) मा हल भएर निर्माण अघि बढेको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.