Dashain Suvakamana

पीएम कप क्रिकेटमा सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

Ajai

धनगढी । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हरायाे । भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका शेर मल्लले नट आउट ४२ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४८ ओभर ४ बलमा १ सय ५८ रनमा अल आउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सर्वाधिक ४२ रन बनाए । सुदूरपश्चिमका नारायण जोशीले ३ र भोजराज भट्टले २ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी २ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.